माइती नेपालले ५ जना नेपाली नागरिकलाई भारतका छपराबाट गरे उद्धार

पुरुषोत्तम यादव ,

२०८२ साल जेठ २८ गते, सोमबार (जुन १०) का दिन भारतको बिहार राज्य अन्तर्गत सारंग जिल्लाको छपारा थानाबाट उद्धार गरिएका ५ जना नेपाली नागरिकलाई माईती नेपालले नेपाल ल्याएको छ।

माईती नेपालको पहलमा उद्धार गरिएका तीमध्ये ४ जना युवती र १ जना युवक रहेका छन्। उद्धारपछि उनीहरूलाई माईती नेपाल धनुषाको सहयोगमा नेपाल ल्याइएकामा, आज उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाइएको माईती नेपाल मधेस प्रदेशका संयाेजकले जानकारी गराईएकाे छ।

उद्धार गरिएकामध्ये ४ जना सप्तरी जिल्लाका र १ जना सिरहा जिल्लाको बासिन्दा रहेको पाइएको छ। माईती नेपालले विभिन्न स्रोत तथा सूचनाका आधारमा भारतको प्रहरी प्रशासनसँग समन्वय गरी उनीहरूको उद्धार गरेको हो र उद्धार गरिएका पाँचैजनालाई परिवारलाई वाेलाई सुरक्षितकासाथ जिम्मा लगाइएका छन ।

माईती नेपाल धनुषाका अनुसार मानव बेचबिखन तथा जबर्जस्ती श्रम शोषणको जोखिममा परेका नेपालीहरूलाई उद्धार गरी सुरक्षित पुनःस्थापनाको कार्य निरन्तर जारी रहनेछ।

प्रकाशित मिति: २०२५-०६-१२ , समय : २१:५४:५० , २ हप्ता अगाडि