१३ देशका लागि राजदूत सिफारिस

नयाँ आशा एफएम ,

www.nayaasha.com

काठमाडौं । विदेशमा नेपालको प्रतिनिधित्व गर्ने नयाँ राजदूत नियुक्तिको प्रक्रिया अघि बढेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि १३ जनाको नाम राजदूतमा सिफारिस गरेको हो।

सरकारका अनुसार सिफारिस गरिएका व्यक्तिहरूसँग विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्वको अनुभव छ। अब उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ।

संसदीय सुनुवाइ पूरा भएपछि सम्बन्धित देशबाट अग्रिमो (स्वीकृति) मागिनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले प्रस्तावित व्यक्तिहरूलाई सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्नेछन्।

प्रस्तावित राजदूतहरू

भारत — डा. निश्चलनाथ पाण्डे
चीन — डा. कल्याणराज शर्मा
अमेरिका — चिरनजंग थापा
बेलायत — पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा
जापान — जिग्यान कुमार थापा
इजरायल — सुरेशकुमार कर्ण
स्पेन — प्राप्ति शेरचन
जर्मनी — शारू जोशी
ओमान — डा. पद्माक्षी राणा
मलेसिया — चूडामणि खरेल
दक्षिण कोरिया — प्रा. डा. सङ्गम श्रेष्ठ
श्रीलङ्का — डा. मञ्चला झा
साउदी अरेबिया — गिरीबहादुर सुनार

प्रकाशित मिति: २०२६-०९-१८ , समय : २३:१५:५८ , ४६ मिनेटutes अगाडि