जनकपुरधाममा एक महिने स्वच्छ अभियान सुरु

नयाँ आशा एफ एम ,

जनकपुरधाम उपमहानगरपालिका वडा नं ६ पेडिया बजारमा नेपाल विकास समाजको आयोजनामा एक महिने स्वच्छ अभियान सुरु गरेको छ।

सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा एक महिने स्वच्छ अभियान विशेषगरी सिंगलयुज पलाष्टि कम गर्नका लागी सुरुवात गरेका हुन।

उक्त अभियानमा विद्यालका विधार्थीलाइ सहभागीता गराइ समुहमा विभाजन गरी पलाष्टि सुखा फोहर संकलनका प्रतियोगिता गराइ क्रमस पहिले दोस्रो र तेस्रो सवभन्दा बढी फोहर संकलन गर्ने समुहलाइ पुरस्कृत समेत गरिएके थियो ।

वातावरण सफा र सुरक्षीत राख्नको लागि यो अभियान संचालन गरिएको नेपाल विकास समाजका प्रतिनिधि अन्तरा कापरले बताए। यस अभियान मुख्य उद्देश्य समाजमा जनचेतना जगाउने र समुदायमा सरसफाइ विस्तार गर्ने रहेको हो।

प्रकाशित मिति: २०२५-११-१० , समय : २१:१२:११ , २० घन्टा अगाडि