क्याम्पस चिफ कर्णविरुद्ध जातीय छुवाछुतको आरोपमा प्रहरीमा उजुरी

नयाँ आशा एफएम ,

जनकपुरधाम उपमहानगरपालिका – ४ घर भई सोही ठाउँमा रहेका रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामको क्याम्पस प्रमुख ६१ वर्षीय बसन्त कुमार कर्णले सोही क्याम्पसमा कार्यालय सहयोगको रुपमा कार्यरत रहेका जनकपुर -१२ कुवारामपुरका ५३ वर्षीय रास बिहारी खत्वेलाई जातीय छुवाछुत गरेको आरोपमा २०८२ भदौ १३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ।

पीडितका अनुसार सोही क्याम्पसमा २४ वर्ष पहिला मासिक ज्यालादारीमा कार्यालय सहयोगीको रूपमा भर्ना भई त्यसपछि करारमा १८ वर्षदेखि कार्यालय सहयोगीमा स्थाई भई काम गर्दै आएको छु। क्याम्पस प्रमुख कर्ण आउनुभन्दा अगाडिका क्याम्पस प्रमुख लगायतका कर्मचारीहरूले मलाई दलित भनेर अपमानजनक तथा अमानवीय व्यवहार गर्नुभएको थिएन।

तर क्याम्पस प्रमुख कर्ण आउँदादेखि आफूलाई दलित भनी भेदभाव पूर्ण व्यवहार गरी मलाई क्याम्पस प्रमुखको कोठा लगायत अन्य कोठाहरूमा समेत प्रवेश गर्न रोक लगाई क्याम्पसका कर्मचारीहरू भेला भएको स्थानमा मलाई बस्न नदिने तिमी छुट्टै बस तिमी हामी बस्ने ठाउँमा नबस दलित तथा सानो जातको मानिसलाई सँगै बस्न दिन्न भने कर्मचारीहरूको समूहमा बस्न नदिई भेदभाव पूर्ण तथा अपमानजनक व्यवहार गर्दा मैले आरोपितलाई भन्ने तपाईँ पनि नेपाल सरकारको कर्मचारी हुनुहुन्छ।

म पनि नेपाल सरकारको कर्मचारी हुँ। मैले कुनै कानुन उल्लङ्घन गरेको छैन मैले कुनै गल्ती गरेको छैन भनी आरोपितलाई मौखिक प्रतिवाद गर्दा झन्न उग्र भई मलाई अपशब्द शब्द प्रयोग गरी गाली बेजती गरी अबदेखि तिमीलाई हाम्रो कार्यालय लगायत क्याम्पसको कुनै कोठामा बस्न दिन्न तिमीलाई बाहिर बस्नुपर्छ, क्याम्पसभित्र रहेको कलमा पानी खान दिन खानेपानी घरबाट लिएर आउनुपर्छ भन्दा उहाँको कुरा सुनी छुट्टी भइसकेपछि आफ्नो घरतर्फ लागे।

भोलिपल्ट अर्थात् भदौ ५ गते दैनिक काममा क्याम्पसमा आउँदा क्याम्पस प्रमुखको कोठा अगाडि बसेको देख्दा मलाई दलित भनी तिमी यहाँ बसेपछि मेरो कोठा छुइन्छ। तिम्रो पानी चल्दैन। तिमी पानी नचल्ने व्यक्ति किन मेरो कोठातिर आएको भनी अपमानजनक व्यवहार गर्दा म चुप लागि मलाई तिर्खा लागि क्याम्पसमा रहेको कलमा पानी पिउन जाँदा दलित भएको कारणले मलाई पानी पिउन समेत नदेई कार्यालय समयसम्म पानी पिउन पाएको थिएन।

मुलुकी अपराध संहिता २०७४ को दफा १६० बमोजिम भेदभाव पूर्ण व्यवहार गरेको त्यस्तै ऐ. संघीयताको दफा १७६ बमोजिम जातिपातिको आधारमा छुवाछुत गरी अपमानजनक व्यवहार गरेको हुँदा आरोपितलाई ऐ. संघीयताको दफा १६०(२),१६६(२) बमोजिम हदैसम्म सजाय गरी ऐ. संघीयताको १६९ बमोजिम आरोपितहरूबाट क्षतिपूर्ति दिलाई माग गर्दछु।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरी रेग्मीले भने क्याम्पस प्रमुख कर्णलाई बोलाई बुझ्ने कुरा भइरहेको बताउनुभयो।

प्रकाशित मिति: २०२५-०९-०१ , समय : २१:२२:१७ , ३ दिन अगाडि