पुरुषाेतम यादव ,

जनकपुरधाम । हरवा चरवाहरूले पुनःस्थापना र कार्यविधि पारितको माग गर्दै बृहत दवाब स्वरुप आज मधेश प्रदेशका राजधानी जनकपुरमा बिशाल र्यालि गर्दै विरोध प्रदर्शन गरेका छन । तेस्रो हरवा चरवा मुक्ति दिवसको अवसर पारेर ०८२ श्रावण २ गते शुक्रबार दिउँसो आयोजित उक्त प्रदर्शनको उद्देश्य आफ्ना माग पूरा गराउन प्रदेश सरकारलाई दबाब दिनु रहेको हरवा चरवा अधिकार मन्चका केन्द्रिय अध्यक्ष दसनलाल मण्डलले जानकारी गराइएको छ ।
हरवा चरवा प्रथा मुक्तिको घोषणा भएको तीन वर्ष बितिसक्दा पनि सरकारले कार्यविधि पारित नगरेको, बसोबासका लागि जग्गा उपलब्ध नगराएको र पुनःस्थापनाको प्रक्रिया अगाडि नबढाएको भन्दै विरोध गरिएको हो। राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सादाले प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन दबावमूलक विरोध गरिएको बताए।
फ्रिडम फण्ड, राष्ट्रिय दलित नेटवर्क नेपाल, सिआईसी र जनचेतना दलित संगमको सहयोगमा आयोजित उक्त विरोध कार्यक्रम मार्फत मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई दवाब सहित चेतावनी दिइएको मुक्त हरवा चरवा अधिकार मञ्चको महासचिव लागेन्द्र सदाले बताउनु भयो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०७९ साल साउन २ गते हरवा चरवा प्रथा अन्त्य गरिएको घोषणा गरेको भए पनि हाल सम्म केन्द्रिय तथा प्रदेश सरकार हरवा चरवाको सवालप्रति गम्भीरता न देखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
विरोध र्यालि जनकपुरधाम स्थित क्याम्पस चोक बाट शुरु भई कृषि तथा भुमि सुधार मन्त्रालय , जिल्ला प्रशासन कार्यालय हुन्दै मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भई सम्पन्न भयो । आज तेस्रो मुक्ति दिवसको अवसरमा मधेस प्रदेस्का आठ जिल्लामा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको मन्चले बताएको छ ।
प्रकाशित मिति: २०२५-०७-१८ , समय : २०:०८:२७ , २ हप्ता अगाडि