सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि आफ्नो स्रोत साधन परिचालन गर्ने आवश्यक सहयोगका लागी संघीय सरकार र दातृनिकायहरु संग आग्रह , मुख्यमन्त्री सिंह ।

पुरुषाेतम यादव ,

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरु संग आग्रह गरेका छन् ।

मंगलवार विहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसंग बैठकमा मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको मौजुदा समस्या समाधान का लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताउँदै मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरुवाट गर्न सकिने तात्कालिन र दिर्घकालिन उपायहरु अवलम्बन गर्न आग्रह गर्नुभयो ।

प्रदेशका नागरिकलाई तत्काल राहत महसुस हुने गरि काम गर्न आग्रह गर्दै उनले भने ( वैठक र निर्णय मात्र होइन के गर्न सकिन्छ तुरुन्तै सुरु गरौं ।
प्रदेशका सबै १ सय ३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या रहेको बताउँदै उनले प्रदेशका नागरिक समस्यामा रहेका वेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरू लाई आग्रह गर्नुभयो । प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभाववाट संकटमा रहेका वेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गर्दछु ( मुख्यमन्त्री सिंहले भने । अहिले सुख्खाका कारण धान रोपाइ हुन नसके यसले आगामी दिनमा खाधान्न संकट आउन सक्ने खतरालाई ध्यानमा राखी काम अगाडी बढाउन मुख्यमन्त्री सिंहले सरोकारवाला मन्गालयलाई निर्देश गरे ।
अहिलेवाट नै काम सुरु गरौं, कहाँ समस्या आउछ मलाइ भन्नुहोस तर अव नागरिकलाई यो समस्यावाट निकाल्नु हामी सबै गम्भिरताका साथ लागौं र साथै सुख्खा र खानेपानी समस्याको समाधानका लागि संघीय सरकारसंग आवश्यक छलफल भइरहेको मुख्यमन्त्री सिंहले जानकारी गराए ।

मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको समस्या समाधानका लागि हुने सबै प्रयास र कार्यको दैनिक अपडेट गराउन समेत आग्रह गरे । बैठकमा भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री,गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी र उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव को समेत उपस्थिती रहेको थियो । यस्तै वर्तमान अवस्थावारे मन्त्रालयगत रूपमा तथ्याक प्रस्तुत गरिएको थियो ।बैठकमा दातृ निकायका प्रतिनिधीहरुले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: २०२५-०७-१५ , समय : १५:३७:०८ , २० घन्टा अगाडि

सम्बन्धित