सुरेन्द्र राय ,

धनुषा, जनकपुरधाम – चर्चित कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी पत्नी अँसा सदा नोचापुरस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास र अँसाले हालै गृहप्रवेश गर्दै सामाजिक सञ्जालमा खुसीयाली सार्वजनिक गरेका थिए। तर सोमबार राती अचानक अँसा सदा मृत फेला परेपछि सो क्षेत्र शोकमा डुबेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुण बहादुर सिंहका अनुसार घटनास्थल जनकपुर उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा पर्ने नोचा पोखरी नजिकैको सुटिङ स्थल हो। घटनाको जानकारी पाएपछि प्रहरी टोलीले स्थानलाई नियन्त्रणमा लिई मुचुल्का प्रक्रिया सुरु गरिसकेको छ।
हालसम्म अँसा सदाको माइती पक्ष सम्पर्कमा नआएकाले पोष्टमार्टम प्रक्रिया अघि बढ्न सकेको छैन। प्रारम्भिक जानकारीअनुसार यो आत्महत्या भएको हुनसक्ने अनुमान गरिएको छ, तर प्रहरीले पोष्टमार्टम नगरी पुष्टि नगर्ने जनाएको छ।
कलाकार अभिनास झा यस घटनामा भावविह्वल देखिएका छन् र अहिलेसम्म कुनै स्पष्ट प्रतिक्रिया दिन सक्ने अवस्थामा छैनन्।
थप अपडेटका लागि सुन्नुहोस् – नयां आशा एफएम।
प्रकाशित मिति: २०२५-०६-२४ , समय : १२:५६:३४ , ९ घन्टा अगाडि