आफन्त नेपालद्वरा अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च २०२५ केन्द्रीकृत विद्यालयस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च २०२५

पुरुषोत्तम यादव ,

जनकपुरधाम २२ फाल्गुन । मधेस  प्रदेशका धनुषा र महोत्तरी जिल्लामा विद्यालयस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। आफन्त नेपालले ८ मार्च २०२५ अन्तर्राष्ट्रिय महिला दिवसमा केन्द्रीकृत रहि आयोजना गरेको कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति विन्धीका अध्यक्ष शिवकुमार कापर, विद्यालका प्रधानाध्यापक देवेन्द्र कुमार यादव शिक्षिका कुन्ता पोख्रेल, शिक्षक र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य बालश्रम, मानव बेचबिखन र लैङ्गिक हिंसाका विरुद्ध जनचेतना फैलाउनु रहेको थियो।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं। २३ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय विन्धी र महोत्तरी का विद्यालय श्री जनता माध्यमिक विद्यालय मालिवारामा अभिमुखिकरण कार्यक्रमका आयोजना गरिएको थियो ।

८ मार्च २०२५ अन्तर्राष्ट्रिय महिला दिवस केन्द्रीकृत कार्यक्रममा आफन्त नेपालका प्रतिनिधि रंजित कुमार राय, वविता, प्रहरी चौकी जिरोमाईलका प्रहरी जवान अषमिता सिंह तथा उज्यालो समाज नेपाल धनुषाका कार्यकारी निर्देशक श्री अमित कुमार मिश्राद्वरा प्रशिक्षण दिइएको थियोे ।

धनुषा र महोत्तरीमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले बालश्रम र मानव बेचबिखनको जोखिम, लैङ्गकि हिंसाका कानूनी प्रावधान र रोकथामका उपायहरूबारे जानकारी प्राप्त गरेका थिए। साथै, लैङ्गिक हिंसाका विषयमा सचेतना फैलाउन विभिन्न क्रियाकलापहरू सञ्चालन गरिएको थियो। कार्यक्रमले सहभागी छात्रछात्राहरुमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उक्त आयोजित अभिमुखिकरण कार्यक्रममा आयोजक प्रतिनिधिहरूलाई त्रिभुवन माध्यमिक विद्यालय विन्धिका व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार कापरद्वरा गमछा लगाई सम्मान गरिएको थियोे र सोहि विद्यालयका प्र।अ। देवेन्द्र कुमार यादवले विद्यालयहरुमा यस्ता अभिमुखिकरण कार्यक्रमहरु छात्रछात्रहरुका लागि अवश्यक रहेको यसले सकारात्मक प्रभाव पार्नेछ भने विश्वासको साथ आयोजक संस्थालाई धन्यवाद दिदै उक्त कार्यक्रमको समापन गर्नुभएको थियोे ।

 

प्रकाशित मिति: २०२५-०३-०६ , समय : २३:५९:१९ , २ हप्ता अगाडि

सम्बन्धित