पुरुषाेतम यादव, नयाँ आशा एफएम जनकपुरधाम ,
www.nayaaashafm.com
देवकी तथा वसुदेवका आठौँ सन्तानको रूपमा यादवकुलमा कृष्णको जन्म भएको भागवान श्रीकृष्णका जन्मलाई कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन,कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्रान बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्भा्गवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए।


नेपाल लगायत भारतका विभिन्न राज्य ठाउँमा विभिन्न धार्मिक हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन । जन्माष्टमीमा जनकपुरधामको मालपोलत कार्यालय नजिक रहेका प्रसिद्ध कृष्ण मन्दिरमा गोपाल सेवा समितिद्धवारा वर्षेनी मेला लगाउने गर्छ र यसै उपलक्ष्यमा धनुषाका यादव समुदायका अगुवा समाजसेवी युवाहरुका नेतृत्वमा कृष्ण मन्दिरका परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । उक्त सरसफाई तथा वृक्षारोपण कार्यक्रममा गोपाल सेवा समिति र प्रहरी चौकी जिरोमाइलका प्रमुख चौधरी यादवका कमाण्डमा पनि प्रहरीका सहभागीता रहेको थियो । कृष्ण मन्दिर परिसरमा वृहतरुपमा सरसफाई गरी धार्मिकरुपले महत्वपुर्ण मानिने बहुमुल्य वृक्ष चन्दन, कपुर, समी लगायतका विरुवारोपन गरी यादव समुदायका युवाहरुले आफ्ना पुर्वज अर्थात भागवान श्री कृष्णका जन्मत्सवलाई विशेष बनाउन उक्त कार्यक्रमका आयोजना गरिएको र गतवर्ष देखी सुरु गरीएको सरसफाई तथा वृक्षारोपण यो अभियानलाई निरन्तर दिनेमा जोड दिनुभयो । साथै कृष्ण मन्दिरका पछाडीमा रहेका विशहारा पोखरीमा बनाइएका घाटमा सप्ताहिक रुपमा राधेकृष्ण आरती आयोजना गर्नका लागी गोपाल सेवा समितिका पदाधिकारी लगायत वुद्धिजिवीहरुसंग सल्लाह तथा छलफल गरिने भने युवाहरु जनकारी गराउनु भयो । सम्पुर्ण हिन्दू धर्मावलम्बीहरूमा कृष्ण जन्माष्टमीका शुभकामना दिदै कार्यक्रमलाई समापन गरीएको थियो ।


प्रकाशित मिति: २०२४-०८-२४ , समय : १५:३७:५८ , १ वर्ष अगाडि