मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल कुमार रायले दिए राजनामा

संताेष यादव ,

मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल कुमार रायले २०८२ भदौ २४ गते रजिनामा दिएका छन्। नेपाल सरकारले समाजिक सञ्जाल प्लेटफर्महरू जस्तै facebook, twitte,r youtub,e whatsapp लगायत एप्सहरूलाई अनियमित रूपमा चलिआएको भन्दै दर्ता गराउन लगाउने र दर्ता नगरेका प्लेटफर्महरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

युवा पुस्ता विशेषगरी जीएनजीले स्वतन्त्रता र डिजिटल पहुँचको उल्लङ्घन माग गर्दै व्यापक विरोधमा भदौ २३ गते काठमाडौँमा देशभरिका युवाहरूले प्रदर्शनमा उत्रेका थिए। सो क्रममा १९ जना युवालाई गोली लागि मृत्यु र सयौँ सङ्ख्यामा गोली लागेर घाइते समेत भएका छ्न। जिएनजीको आन्दोलन अधिकार पहिचान प्रतिनिधित्व र पुराना सम्झौताहरू कार्यान्वयन नहुँदा युवाहरूले प्रदर्शनमा उत्रेका छन्।

मन्त्री रायले भने आन्दोलनको क्रममा विद्यार्थी प्रदर्शनकारीहरूको ज्यान जानु आफ्नो लागि दुःखद रहेको र जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै आफूले मन्त्री पदबाट आजैको मितिदेखि राजीनामा दिएको बताउनुभयो। समस्याको समाधान एकमात्र बाटो संवाद आपसी समझदारी र सहकार्य रहेको व्यक्त गरे।

प्रदर्शनमा मृत्यु भएकाहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित मिति: २०२५-०९-०९ , समय : १६:१२:५८ , ४ दिन अगाडि