संजय साह काभ्रेबाट पक्राउ

नयाँ आशा एफएम ,

संजय साह काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो ।

ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला काभ्रेबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको र कारागार पठाउने तयारी भइरहेको छ ।

उनले १२ वर्षदेखि कारागारमा जन्मकैदको सजाय भोग्दै आएका थिए र २०६९ सालको वम विष्फोट घटनामा मुख्य अभियुक्त थिए।
ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् ।

टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो । उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ ।

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि लामिछानेलाई सुरुमा कारागारबाट निकालिएको थियो । त्यसको केही समयमा टक्लासहित सबै कैदी कारागारबाट भागेका थिए । उनीहरुले कारागारमा आगजनी समेत गरेका थिए ।

उनी १२ वर्षदेखि कारागारमा थिए । पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए ।

१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार पनि भनिएको छ ।

प्रकाशित मिति: २०२५-०९-११ , समय : १६:३२:०० , २ महिना अगाडि