Naya asha FM ,
जनकपुरधाम : जनमत पार्टीभित्र जादिवाद, परिवारवाद, र चापलुसी हाबी भएको आरोप लगाउँदै पार्टीका ५ जना केन्द्रीय सदस्यसहित २१ जना नेताहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
राजीनामा दिने नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्र निष्पक्षता र लोकतान्त्रिक अभ्यासको अभाव भएको बताएका छन्। उनीहरूले नेतृत्वले आन्तरिक निर्णय प्रक्रियामा जादिवाद र परिवारवादलाई प्राथमिकता दिएको र योग्य नेताहरूलाई चापलुसीको आधारमा बेवास्ता गरेको आरोप लगाएका छन्।
राजीनामा दिने नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “जनमत पार्टीले जनताको हित र समानताका लागि संघर्ष गर्ने उद्देश्य राखेको भए पनि हाल पार्टीमा जादिवाद र परिवारवादको संस्कृति बढ्दै गएको छ। हामीले पटक-पटक सुधारको माग गर्दा पनि नेतृत्वले सुनुवाइ नगरेपछि बाध्य भएर राजीनामा दिनु परेको हो।”
सामूहिक राजीनामा दिनेहरूमा ५ जना केन्द्रीय सदस्य, विभिन्न प्रदेशस्तरीय नेताहरू र जिल्लास्तरीय नेताहरूसमेत रहेका छन्। राजीनामा दिने समूहले भविष्यमा नयाँ राजनीतिक कदम चाल्न सक्ने संकेत पनि गरेको छ।
प्रकाशित मिति: २०२४-१०-०२ , समय : ०७:३८:१८ , २ महिना अगाडि