Naya Aasha ,
असोज, काठमाडौं । कुवेतले अक्टुबर अन्तिममा हुने टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट खेल्ने भएको छ ।
उपक्षेत्रीय एसिया छनोटको खेलमा बिहीबार साउदी अरेवियालाई ४ विकेटले हराउँदै कुवेतले नेपालको टिकट पक्का गरेको हो ।
जितका लागि पाएको १७४ रनको लक्ष्य कुवेतले ६ विकेट गुमाएर खेल सकिन १० बल बाँकी भेट्टायो ।
बहराइन, हङकङ र यूएई रहेको समूह बीमा परेको कुवेतले पहिलो खेल ३० अक्टुबरमा हङकङसँग खेल्ने छ ।
अर्को समूहमा भने आयोजक नेपालसहित ओमान, मलेसिया र सिंगापुर छन् ।
हरेक समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल खेल्ने २ टिमले आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा स्थान बनाउने छन् ।
प्रकाशित मिति: २०२३-१०-०६ , समय : १५:१८:५३ , १ वर्ष अगाडि