पुरुषोत्तम यादव ,

वीरंगजसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानमा प्रदेश सरकार पुर्ण रूपमा क्रियाशील छ । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको निर्णय गरि प्रदेश सरकारसंग रहेको ८ वटा वारुणयन्त्र खानेपानी संकटवाट अति प्रभावित क्षेत्रमा खानेपानी आपुर्ति गर्ने गरि आज पठाइएको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहले बुधवार विहान वारुणयन्त्र हरुलाई प्रभावित क्षेत्र तर्फ पठाउनुहुदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा सरकार क्रियाशील रहेको बताए ।एउटा वारुणयन्त्र ५ हजार लिटर गरि ८ वटा वारुणयन्त्रवाट एकपटकमा ४० हजार लिटर खानेपानी आपुर्ति गरिने छ । खानेपानी समस्या रहेको स्थानमा यो वारुणयन्त्रहरु २४ सौं घण्टा परिचालित रहने छ । यो वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापन र नेपाली सेनाले संचालन गर्नेछ ।
यस अघि प्रदेश सरकारले वन कार्यालयको तीन वटा ट्याङ्कर खानेपानी आपूर्ति गर्न परिचालित गरिसकेको छ । यसैगरि खानेपानी समस्या रहेको क्षेत्रमा नेपाली सेनावाट समेत ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको छ । सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको अनुरोध गर्न चाहन्छु ।
विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारले संघीय सरकार, स्थानीय सरकारहरु र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरुसंगको सवन्मयमा साधनस्रोतको अधिक्तम प्रयोग गरि नागरिकको समस्या समाधान गर्ने तर्फ प्रयत्नशिल छ ।
प्रकाशित मिति: २०२५-०७-१६ , समय : १९:३७:५८ , १ दिन अगाडि