जनकपुरधामका सुधारकेन्द्रहरुमा अनुगमन क्षमताभन्दा बढी मान्छे राखेको पायो, मुख्यमन्त्री सिंह

पुरुषोत्तम यादव ,

जनकपुरधाम ।मुख्यमन्त्री सतिश कुमार सिंहले सोमवारसाँझ धनुषाको जनकपुरधाम ८ स्थित नयाँ मुस्कान सुधार केन्द्र र किशोरी फाउन्डेसनको सुधारकेन्द्रमा अनुगमन गर्नुभएको छ । । नयाँ मुस्कान सुधार केन्द्रमा ५० जना सम्म मात्र राख्न सक्ने अवस्था रहेकोमा ७५ जना सम्म राख्ने स्वीकृती पाएको तर १ सय पाँचजना सम्म राख्ने गरेको पाइएको छ । यस्तै शुल्क लिने कार्य पारदर्शी नरहेको, कोठामा कोचिएर राख्ने गरेको, कोठा व्यवस्थित नरहेको मुख्यमन्त्री सिंहले बताउनुभयो । उहाँले नयाँ मुस्कान सुधार केन्द्रका संचालकलाई तत्काल सुधार केन्द्र व्यवस्थित गर्न र केन्द्रमा रहेकाहरुलाइ सुत्ने बस्ने व्यवस्था राम्रो बनाउनका लागि निर्देशन दिनुभयो ।

यस्तै जनकपुरधामस्थित किशोरी फाउन्डेसनको सुधार केन्द्रमा पनि राखिएकाहरुको अवस्था दयनिय रहेको मुख्यमन्त्री सिंहले बताए । एउटै कोठा भित्र कोचिएर राख्ने गरिएको र खाना गुणस्तरीय नरहेको पाइएको मुख्यमन्त्री सिंहले बताउनुभयो ।

सुधार केन्द्रका संचालक लाई पनि तत्काल आवश्यक सुधार गरी जानकारी गराउन निर्देशन दिएको उहाँले बताउनुभयो । यातनागृह जस्तो नभई सुधार केन्द्रलाई एउटा सभ्य नागरिक उत्पादन गर्ने केन्द्रको रूपमा विकास गर्न र सरकारी मापदण्ड अनुरूप सबै सुविधाको व्यवस्थापन संचालकहरुलाई सचेत गराइएको सिंहले बताउनुभयो ।

प्रकाशित मिति: २०२५-०६-३० , समय : २१:३६:४८ , १५ घन्टा अगाडि