नयाँ आशा एफ एम ,

धनुषा जिल्लास्थित गणेशमान चारनाथ नगरपालिकामा बाढी तथा डुबानजन्य विपद्को जोखिम न्यूनिकरण र प्रभावकारी प्रतिकार्यका लागि दुई दिने सामुदायिक अभ्यास कार्यक्रम सम्पन्न भएको छ। “मौसमी विपद् प्रतिकार्य अभ्यास” अन्तर्गत आयोजना गरिएको उक्त तालिममा बाढीको समयमा अपनाउनु पर्ने उद्धार, सीप तथा जीवन रक्षा प्रविधिहरूमा व्यावहारिक अभ्यास गरिएको थियो जसमा लाभ ज्याकेट, म्यानिला डाेरी, पानि वाेतल, जेरिक्यान, प्राथमिक उपचार किट, सुरक्षा टोपी तथा रेफ्लेक्टर ज्याकेट लगायका सामग्रीहरुलाइ प्रयाेग गरिएकाे थियाे ।
कार्यक्रममा संयुक्त सुरक्षा बल सहित पैतालिस जना प्रशिक्षार्थीहरू सहभागी भएका थिए। RNA16 का अनुभवी उद्धार प्रशिक्षक अरुण सैंजु र दिनेश बट्टी को सहजीकरणमा सहभागीहरूले बाढीपहिरोमा हुने जोखिमबाट अपनाउनु पर्ने सुरक्षा सावधानी, उद्धार प्रविधि तथा प्राथमिक उपचारसम्बन्धी ज्ञान तथा सीप प्राप्त गरेको थिए।
धनुषाका गणेशमान चारनाथ नगरपालिकाद्धरा आयोजित तथा हुमेन डेभलपमेन्ट एन्ड कमुनिटि सरभिस, हविटेट हुमानिटि, विल्डअप नेपाल, नयाँ आशा एफएम र कमुनिटि इमपुरुभमेन्ट सेन्टरकाे सहकार्यमा विपद् व्यावस्थापन सम्बन्दी दुइदिने कार्यक्रम आयाेजना गरी आपतकालिन बाढीकाे अवस्था र नेपालमा हालकाे बाढी व्यवस्थापन अवस्था सम्बन्धी प्रस्तुती गरिएकाे थियाे । साथै आफ्नै स्थानिय स्रोतसाधनका उपयाेग गरी वाढीकाे समयमा हुने जोखिमबाट बच्नका लागी विभिन्न शिपहरु सिकाइएकाे थियाे जसमा पलास्टिकका वाेतल, वास र जेरिक्यानका प्रयाेग गरी तैरिने यन्त्रका निमार्ण गरेका थिए भने लाइभ ज्याकेट, थ्रोक व्याग डुवेका वेला , सर्प टाेकाइबाट बच्न प्राथमिक उपचार, सिपिआर लगायतका शिप सिकाइएका थिए ।
विपद व्यापस्थापन जोखिमबाट बच्नका लागी आयोजना गरिएकाे उक्त प्रशिक्षण कार्यक्रममा सिकाइएका शिप तथा ज्ञानहरु प्रभावकार रहेकाे सहभागीहरुले प्रतिक्रिया जनाएका थिए ।
प्रकाशित मिति: २०२५-०६-१४ , समय : २१:४५:३६ , १ हप्ता अगाडि