नयाँ आशा एफएम ,
www.nayaasha.com
जनकपुरधाम । धनुषामा प्रहरीले लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार साँझ करिब ४ः१० बजे धनुषाधाम नगरपालिका–८ स्थित धारापानी बजारमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय यज्ञभूमि, धनुषा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–२ बस्ने २६ वर्षीय नितेशकुमार महतो र करिब १६ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट २७.९१० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
नियन्त्रणमा लिइएका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: २०२६-०९-१८ , समय : २२:४९:५९ , २ घन्टा अगाडि