प्रधानमन्त्री वालेन्द्र साहको सुशासनमाथि जुनु श्रेष्ठले उठाइन प्रश्न ।

पुरुषोत्तम यादव ,

www.nayaasha.com

जनकपुरधाम । सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै जुनु श्रेष्ठले प्रधानमन्त्री वालेन्द्र साहको सुशासनमाथि गम्भीर प्रश्न उठाएकी छन्। उनले आफूलाई बिना कुनै आधिकारिक जानकारी र प्रक्रियाबिना जिम्मेवारीबाट हटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन ।

श्रेष्ठले आफ्नो योग्यतामाथि प्रश्न उठाइएकोप्रति आपत्ति जनाउँदै आफू कसैको छत्रछायाँमा नभई आफ्नै मेहनत र क्षमताका आधारमा यहाँसम्म पुगेको बताएकी छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल हासिल गरेको र लन्डनबाट उच्च शिक्षा पूरा गरेको उल्लेख गर्दै आफ्नो पहिचानलाई “मन्त्रीकी पत्नी”मा सीमित गर्न खोजिएको आरोप लगाएकी छन ।

प्रधानमन्त्री साहलाई प्रत्यक्ष प्रश्न गर्दै आफूले पाएको अवसर योग्यता अनुसार हो वा सम्बन्धका कारण भन्ने स्पष्ट पार्न आग्रह गरेकी छन, यदि म गलत छु भने प्रमाण देखाइदिनु मलाई स्पष्टीकरण दिने अवसर दिनुस श्रेष्ठले भनिन ।

कुनै आधिकारिक पत्र वा जानकारीबिना मिडियामार्फत मात्र आफूलाई हटाइएको खबर सुन्नुपरेको भन्दै उनले प्रक्रियागत पारदर्शिता र न्यायको माग गरेकी छन्। “के यही हो सुशासनरु” भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन ।

प्रकाशित मिति: २०२६-०४-१० , समय : ०९:१६:२८ , ४ घन्टा अगाडि