सामूहिक राजीनामा बुझाए, गौशाला नगरपालिकाका प्रधानाध्यापकहरू ।

पुरुषाेतम यादव ,

महोत्तरी । गौशाला नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सामुहिक रुपमा राजिनामा दिएका छन् । मंगलवार नगरपालिकाको प्रशासन शाखामा पालिकाका ३१ वटै विद्यालयका प्रधानाध्यापकहरुले सामुहिक रुपमा राजिनामा दिएका हुन् ।

आर्थिकबर्षको अन्त्यतिर आईपुग्दामा पनि नगरपालिकाको कार्यालयले अतिआवश्यक रकमहरु निकासा नगर्दा विद्यालय संचालनको लागि सकस भएपछि बाध्य भएपछि राजिनामा दिएको प्रधानाध्यापक गोपाल महतोले बताएका छन् । दिवा खाजा, पाठ्यपुस्तक, नन सैलरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान शिर्षकको रकम समेत अति न्युन निकासा र पटकपटक तागेदा गर्दा समेत आलटाल गरेपछि बाध्य भई राजिनामा दिएको प्रधानाध्यापक महतोले जानकारी दिएका छन् ।

उनीहरुको नगरपालिकाको कार्यालयमा राजिनामा बुझाएका हुन् ।

प्रकाशित मिति: २०२५-०७-१५ , समय : १८:१२:२७ , १६ घन्टा अगाडि