पुरुषोत्तम यादव ,

जनकपुरधाम। धनुषा प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार जनकपुरधाम उपमहानगरपालिका–१५ निवासी ६५ वर्षीय वासुदेव प्रसाद साहको हत्या अभियोगमा उनका ज्वाइँ बेचन महासेठ लाई पक्राउ गरी सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार असार १८ गते लेनदेन विवादका कारण महासेठले ससुरामाथि चक्कु प्रहार गरेका थिए। घटनापछि उनी फरार थिए।
धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार घरेलु विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थलबाट प्रयोग भएको चक्कु र आरोपी चढेको प्रदेश ०२–००७ प. ९९३२ नम्बरको स्कूटर समेत बरामद गरिएको प्रहरीको भनाइ छ।
मृतककी पत्नी शैल देवीले दिएको किटानी जाहेरीका आधारमा मंगलबार महासेठ लाई खजुरी रेलवे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रकाशित मिति: २०२५-०७-०९ , समय : १३:१२:४३ , ३ दिन अगाडि