नयाँ आशा एफएम ,

जनकपुर, असार ७ – जनकपुर उपमहानगरपालिका वडा नं. १४ स्थित बाबा पेट्रोल पम्प नजिकको क्षेत्रमा एक वृद्धले आत्महत्या गरेका छन्।
विल्टु राउत कुर्मी, अन्दाजी ६० वर्षका उक्त व्यक्ति, आज साँझ करिब ६:१५ बजे आफ्नै घरमा पंखामा झुन्डिएर आत्महत्या गरेका हुन्। घटनास्थल धनुषाधाम जाने सडकको उत्तरपट्टी पर्छ।
स्थानीयवासीहरूका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरीलाई खबर गरिएको थियो। प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको छ।
हालसम्म आत्महत्याको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जनाइएको छ।
— नया आशा न्युज
प्रकाशित मिति: २०२५-०६-२१ , समय : १९:३०:३० , ३ दिन अगाडि