सभ्य एवम् सुरक्षिततवर हाेली उत्सव मनाउन जिल्ला प्रहरी कार्यालय धनुषाको अनुराेध ।

पुरुषोत्तम यादव ,

आउदै गरेको हिन्दु धर्मावलम्बीहरुको रँग उल्लासको पर्व होलीमा उच्छृँगल गतिविधि नगर्न धनुषा प्रशासनले अनुरोध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले एक सूचना जारी गर्दै होलीको नाममा उच्छृँगल गतिविधि नगर्न अनुरोध गरेको हो । जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले होली मन मिल्नेसँग मात्र खेल्न अनुरोध गरे ।

उनले होलीको नाममा हुँदै आएको उच्छृँगल गतिविधि रोकेर आत्मीयता हुनेसँग मात्र रँग अबिर खेल्न आग्रह गरे । जथाभावी लोला नहान्न, सडकलाई होली खेल्ने प्रयोजन नबनाउन, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, सुनचाँदीको गहना लगाएर होली नखेल्न अनुरोध गरेका हुन् ।

यसका साथै, एसपी तिवारीले होलीमा केमिकल युक्त रँग नदल्न आग्रह गर्दै सार्वजनिक सडकमा उच्छृँगल गतिविधि, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई धनुषा प्रहरीले विशेष निगरानीमा राखेको बताए ।

प्रकाशित मिति: २०२५-०३-१२ , समय : ११:००:२८ , ५ दिन अगाडि