लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु

Naya Aasha khaber ,

जनकपुरधाम— लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ ।

 

नेपालमा पनि ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाइँदैछ । अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुँदैछन् ।

 

अभियानका सन्दर्भमा लैंगिक हिंसा नियन्त्रन सञ्जाल धनुषाका अगुवाइ र खेल्कुद तथा समाज कल्यान मन्त्रालय मधेश प्रदेश‚ माइती नेपाल‚ आसमान नेपाल‚ शान्ति पुनस्थापना गृह‚लगायत धनुषाका विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट एकवद्ध भइ लैंगिक हिंसा विरुद्वमा विहान प्रभातफेरी तथा काेणसभा आयाेजना गरि कार्याक्रम गरी लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु धनुषामा आजबाट प्रारम्भ भयाे जसमा जिल्ला प्रहारी कार्यालय धनुषा प्रवत्ता श्री रनजन आवा अध्यक्षता गर्नुभएकाे थियाे र प्रमुख अतिथिका रुपमा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री चक्रपानी पाण्डेय ज्यू‚ र सहभागीहरुमा खेल्कुद तथा समाज कल्याण मन्त्रालयका उप सचिव तथा समाजिक महाशाखाका प्रमुख देवकुमारी खत्री ज्यू‚ प्रादेशिक अस्पताल जनकपुरका डा रुवी सिह‚ समाजसेवी अनिल भाइजी‚पुर्व प्रहरी तथा समाजसेवी सुभद्रा आले‚  स‌घँसँस्ठा प्रतिनिधि ज्जूहरु लगायत  विभिन्न समाजसेवी अधिकारकर्मीहरु ज्यूहरुले सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने बताएका छन् । ‘लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या होइन यो हाम्रो साझा समस्या रुपमा हाे । त्यैले लैंगिक हिंसा अन्त हुनुपर्छ यसमा सबैका साथ र सहयाेग अपेक्षा राख्दै यसै उद्येश्यका साथ आजबाट लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु भएकाे मन्तवय राख्नदै अध्यक्षता गरी रहनुभएका प्रहरी नायव उपरिक्षक श्री रनजन आवाले लैंगिक हिंसा विरुद्वको १६ दिने अभियानका पहिलाे दिनका प्रभातफेरी र काेणसभा कार्याक्रम अन्तमा घाेषना गरी कार्याक्रमका समापन गर्नुभयाे ।

 

प्रकाशित मिति: २०२३-११-२५ , समय : १४:५१:४१ , १ वर्ष अगाडि