Naya Aasha ,
जनकपुरधाम : स्थानीय तहबाटै बनाइएको राष्ट्रिय परिचय पत्र आउँदो असोज १४ गते आईतबारदेखि वितरण हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार एक सूचना जारी गर्दै आफ्नो नगरपालिका, गाउँपालिका तथा वडामा गएर राष्ट्रिय परिचय पत्र बनाएकाहरुले लागि परिचय वितरण हुने भएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पँजीकरण विभागले जारी गरेको राष्ट्रिय परिचय पत्रको लागि बायोमेट्रीक गरी सम्पूर्ण विवरण भरेर मोबाईलमा राष्ट्रिय परिचय पत्र नम्बर समेत प्राप्त गरेकाहरुले आईतबारदेखि कार्ड प्राप्त गर्न सक्नेछ ।
कार्ड वितरण जिल्ला प्रशासन कार्यालय (सिडिओ) अफिसमा हुने भएको छ ।
प्रकाशित मिति: २०२३-०९-३० , समय : १४:२७:१४ , १ वर्ष अगाडि