विहिबारदेखि किशोरीहरुलाई एचपिभी खोप लगाइदै कमला नगरपालिका

नयाँ आशा एफ एम ,

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाभित्रका किशोरीहरुलाई विहिबार फागुन १ गतेदेखि एचपिभी खोप लगाईने भएको छ ।

कमला नगरपालिका अभियानको दोस्रो चरणमा परेकोले फागुन १ गते विहिबारदेखि फागुन ६ गते मँगलबारसम्म १० बर्षदेखि १४ बर्षसम्मका किशोरीहरुलाई खोप लगाइने भएको छ ।

 

विद्यालय जानेहरुमा कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीहरु र विद्यालय नजानेमा उमेर अनुसार १० देखि १४ बर्षकी किशोरीहरुलाई खोप लगाइने कमला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार ठाकुरले जानकारी दिए ।

खोप स्वास्थ्यचौकी, खोपकेन्द्रसहित स्कूलमा समेत लगाइने ठाकुरले जानकारी दिए । कमला नगरपालिकाको ९ वटै वडाका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपिभी खोप लगाइने जानकारी दिए ।

किशोरीहरुलाई स्कूलमै लगाउने तथा विद्यालय नजाने किशोरीहरुलाई नजिकको स्वास्थ्य केन्द्र, खोपकेन्द्रमा लिएर अनिवार्य जान अभिभावकहरुसँग आग्रह गरे ।

प्रकाशित मिति: २०२५-०२-१२ , समय : २१:०३:५८ , १ महिना अगाडि